कर्णालीको मन्त्रिमण्डल पुनर्गठनका लागि माधव नेपाल समूहले पठायो तीन जनाको नाम
वरिष्ठ नेता माधवकुमार नेपाल समूहले कर्णाली प्रदेशको मन्त्रिमण्डल पुनर्गठनका लागि आफ्ना तीनजना नेताहरूको नाम पठाएको छ।
मुगु-२ बाट विजयी चन्द्रबहादुर शाही, जाजरकोट-२ बाट विजयी करविर शाही र दैलेख-२ बाट विजयी अमरबहादुर थापाको नाम नेपाल समूहले मन्त्रीका लागि पठाएको हो।
एकै परिवारका आठ जनामा कोरोना सङ्क्रमण पुष्टि
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नं १ मा एकै घर परिवारका आठ जनामा कोरोना सङ्क्रमण भएको छ। शीतगङ्गा नगरपालिका–७ जलुके घर भई हाल सन्धिखर्क बस्दै आएका विशाल खड्काको परिवारका आठ जनामा कोरोना देखिएको हो।