HimalKhabar.com :: A Complete Nepali Political News Portal
प्रदेश खबर
भारतीय नागरिकको फ्ल्याटबाट बरामद भएको थियो साढे २२ किलो सुन  प्रहरीले पर्साको वीरगञ्जबाट साढे २२ किलो सुन बरामद गरेको छ। वीरगञ्ज महानगरपालिका-६,रेशमकोठीस्थित् गणेश अपार्टमेन्टको तेस्रो तलाको ३०३ नम्बर फ्ल्याटमा बस्ने भारतीय नागरिक अशोक सिन्हाको कोठाबाट उक्त सुन बरामद गरिएको एसपी गंगा पन्तले बताइन्।
काठमाडौं महानगर र पशुपति क्षेत्र विकास कोषबीच आठ वटा विद्युतीय शवदाह गृह निर्माण गर्ने सम्झौता विद्युतीय शवदाहगृह निर्माण र सञ्चालनका लागि काठमाडौं महानगरपालिका र पशुपति क्षेत्र विकासकोषबीच सम्झौता भएको छ। पशुपति क्षेत्रमा शवदाह व्यवस्थापनमा पर्ने गरेको चाप र न्यून संख्यामा रहेको शवदाह गृहको कारण व्यवस्थापनमा देखिएको ढिलासुस्तीको अन्त्य गर्न थप विद्युतीय शवदाह गृह निर्माण गर्न लागिएको हो।