काठमाडौं उपत्यकामा थपिए १३५७ संक्रमित
काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टायता १३५७ जना कोरोनाभाइरस संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका ७८८ पुरुष र ५६९ महिलामा संक्रमण पुष्टि भएको हो।
कोरोना संक्रमित मुख्यमन्त्री पौडेलको स्वास्थ्य सुधारोन्मुख
कोरोना संक्रमण भएपछि अस्पतालमा रहेका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले आफ्नो स्वास्थ्य सुधारोन्मुख अवस्थामा रहेको बताएका छन्। आज सामाजिक सञ्जालमा आफू र श्रीमतीलाई कोरोना संक्रमण भएपछि काठमाडौंको गंगालाल अस्पतालमा रहेको र स्वास्थ्य सुधारोन्मुख भएकाले चाँडै काममा फर्किने बताएका छन्।