पाँच वर्षपछि खुल्यो रानीपोखरी, बालगोपालेश्वरमा भाइटीका लगाउँदै सर्वसाधारण (तस्वीरहरु)
भूकम्पले भत्काएको रानीपोखरी र बालगोपालेश्वर मन्दिरको पुनर्निमार्णपछि यो वर्ष भाइटीकामा खुला गरिएको छ। वर्षमा एक दिन भाइटीकामा मात्र खुल्ने मन्दिर यसपटक पाँच वर्षपछि खुलेको हो।
चितुवाको छाला र अफिमसहित दुई जना पक्राउ
प्रहरीले दाङमा चितुवाको छाला र लागूऔषध अफिमसहित दुई जनालाई पक्राउ गरेको छ। घोराही उपमहानगरपालिका–१२ का ३६ वर्षीय मधु डाँगी र प्युठानको नौबहिनी गाउँपालिका–५ का २७ वर्षीय धनसिंह टमाटा पक्राउ परेका हुन्।