कोरोना संक्रमित भेटिएपछि एक साताका लागि सल्यान सदरमुकाम सिल
एकैपटक १० जना कोरोनाभाइरस संक्रमित भेटिएपछि सल्यान सदरमुकाम खलङ्गा एक साताका लागि सिल गरिएको छ। जिल्ला प्रशासन कार्यालय सल्यानले आजदेखि १५ मंसीरसम्मका लागि बजारक्षेत्र सिल गरेको हो।
सहुलियतमा मल उपलब्ध गराउन सुदूरपश्चिममा साल्ट ट्रेडिङलाई अनुदान
सुदूरपश्चिम प्रदेश सरकारले किसानलाई सहुलियत मूल्यमा रासायनिक मल उपलब्ध गराउन साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड धनगढीलाई अनुदान दिने भएको छ।