हप्तामा दुई दिन विदा दिनेबारे अध्ययन गर्न पर्यटन मन्त्रालयले बनायो कार्यदल
आन्तरिक पर्यटन प्रवर्द्धन र कोरोना कहरका कारण सुस्त भएको पर्यटन क्षेत्र चलायमान बनाउन हप्तामा दुई दिन सार्वजनिक विदा दिनेबारे प्रस्ताव तयार पार्न पर्यटन मन्त्रालयले सहसचिव प्रदीप कोइरालाको संयोजकत्वमा अध्ययन कार्यदल बनाएको छ।
नेवानिलाई आन्तरिक उडानको जहाज खरिद योजना बनाउन निर्देशन
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाली, पहाडी तथा दुर्गम क्षेत्रमा उडान गर्ने जहाज खरिद योजना बनाउन नेपाल वायुसेवा निगम (नेवानि)लाई निर्देशन दिएका छन्। दुर्गम क्षेत्रका नागरिकहरूलाई सेवा उपलब्ध गराउन आन्तरिक उडानका लागि हवाई जहाज खरिद योजना तत्काल अघि बढाउन नेवानिलाई मन्त्री भट्टराईले निर्देशन दिएको पर्यटन मन्त्रालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।