ताप्लेजुङको नारायणी माविबाट पर्यटन शिक्षाको शुरूआत, देशैभरका विद्यालयमा आरोहण शिक्षा समावेश गरिँदै
ताप्लेजुङको नारायणी माध्यामिक विद्यालयबाट पर्यटन शिक्षाको शुरूआत भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले हिमाल आरोहणमा बढी चासो राख्ने देशैभरका सबै विद्यालयमा पर्वतारोहण तथा पर्यटन शिक्षा शुरू गर्दै जाने बताएका छन्।
नेपालको प्रवर्द्धन गर्ने विदेशीलाई निःशुल्क हवाई टिकट
नेपालको प्रवर्द्धन गर्ने गरी नेपाल पर्यटन बोर्डको निमन्त्रणामा नेपाल भ्रमणमा आउने विदेशी सञ्चारकर्मी, ब्लगर तथा लेखकलाई नेपाल वायुसेवा निगमले निःशुल्क टिकट उपलब्ध गराउने भएको छ। नेपाल पर्यटन बोर्ड र निगमबीच आइतबार भएको सम्झौता अनुसार निगमका विभिन्न नौ वटा अन्तर्राष्ट्रिय गन्तव्यबाट आउने आमन्त्रित व्यक्तिलाई टिकट उपलब्ध गराइनेछ।