HimalKhabar.com :: A Complete Nepali Political News Portal
थप
ऋणको पासोमा भूकम्प पीडित, घर निर्माणसँगै चुलिँदै छ गरीबी २०७२ सालको भूकम्पले भत्काएका घरहरुको पुनर्निर्माणलाई सरकारले सफल परियोजनाको रूपमा व्याख्या गर्दै आएको छ। तर, प्रभावित विपन्न परिवार ऋण काढेर घर बनाउनुपर्ने बाध्यतापछि कर्जा र थप गरीबीको दलदलमा धकेलिएका छन्। 
माओवादी द्वन्द्वमा छोरा गुमाएका बुबा भन्छन्, “सास नजाँदा गोली हानेर मारे” माओवादी र राज्यबीच चलेको हत्याको शृंखला अन्त्य भएको १५ वर्ष बितिसकेको छ। १ फागुन, २०५२ देखि चलेको माओवादी सशस्त्र द्वन्द्वको १० वर्षमा १३ हजारभन्दा बढी नेपालीले ज्यान गुमाए, एक हजारभन्दा बढी बेपत्ता पारिए र लाखौँलाखले पीडा भोगे। त्यो समय अझै बिझाउन छोडेको छैन।