HimalKhabar.com :: A Complete Nepali Political News Portal
उकालो लाग्दा
काठमाडौंको प्योङ्गयाङ्ग मोह ट्रम्पले भर्खरै मात्र उत्तरकोरियाका अधिनायकसँग हात मिलाए, हाम्रा नेताले त उहिल्यै मीत लगाइसकेका थिए ।
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन्
ती साहसी जसले तत्कालको निर्णयबाट क्षति रोक्छन् र पर्दा पछाडि जान्छन् -कनकमणि दीक्षित खतरनाक लोकरिझ्याइँको प्रभाव विरुद्ध लेख्नु तुलनात्मक रुपमा सजिलो हुन्छ, किनकि प्रतिक्रियामा भौतिक हमलाको खतरा अलि कम हुन्छ । तर, ‘मब् फ्युरी’ विरुद्ध तत्कालै निर्णय लिई आक्रमणकारीहरुकै सामु पीडितको बचाउमा अघि सर्ने साहस अतुलनीय हुन्छ । यस्ता ‘इन्स्टिङ्कटिभ् साहस’ देखाउने व्यक्तिहरू ‘मैले यस्तो गरें, उस्तो गरें’ भन्दै बढाइचढाइ गर्दै हिंड्ने खालका हुँदैनन् । तत्क्षणको माग अनुसार जे गर्नु थियो त्यो गरिसकेपछि स्वभावतः पर्दा पछाडि जान्छन् । साहसको क्षणलाई भजाउने कोशिश गर्दैनन् ।
नबिर्सौं मौलिक हकको जग बसाल्ने २०४७ को संविधानलाई जनतालाई रैती नभई आफ्नै ज्यान र अस्मिताको आफैं मालिक बनाइदिएको २०४७ को संविधानले हो । नेपालमा शताब्दीयौं गुम्सिएर बसेको पहिचानको सवालमा विद्रोही स्वर र क्रियाशीलता अगाडि आउने अवस्था बनाइदिएको यही संविधानले हो । - कनकमणि दीक्षित