आच्छु, यतिसम्म चिसो!
काठमाडौं- चिसो मौसम शुरु भएको छ। अहिले विश्वको सर्वोच्च शिखर सगरमाथाको तापक्रम माइनस २८ डिग्री सेल्सियससम्म झर्छ। काठमाडौंमा बिहानीपखको तापक्रम ११ डिग्रीसम्म झर्ने गर्छ।
जाडो बढ्ने क्रमसँगै सगरमाथा शिखरमा हिउँदमा माइनस ३६ डिग्री तापक्रम रहने गर्छ। काठमाडौं उपत्यकामा हिउँद याममा माइनस चार डिग्रीसम्म झर्ने गर्छ।
तर, ब्रम्हाण्डका विभिन्न स्थानको औसत र न्यूनतम तापक्रम सुन्दा अनौठो लाग्न सक्छ।
जब कुनै पनि कणमा कम्पन बन्द हुन्छ, त्यो कण चिसो हुन्छ। त्यसमा भएको सबै तातो हुन्छ सकिन्छ। जब तापमान शून्य डिग्री सेल्सियसमा हुन्छ, त्यसलाई मेल्टिङ पोइन्ट (पग्लिने विन्दु) भनिन्छ।
जुन तापमान मानिसका लागि धेरै चिसो हुन्छ, त्यहाँ पनि गर्मीको उपस्थिति हुन्छ। त्यो पग्लिने विन्दुमा बरफ पनि उपस्थित हुन्छ। त्यसभन्दा तल गयो भने माइनस ४५ डिग्री सेल्सियस आउँछ।
त्यसभन्दा तल माइनस ८९ डिग्री सेल्सियस छ, जुन पृथ्वीको आजसम्म रेकर्ड भएको सबैभन्दा थोरै तापमान हो। यो तापक्रम २१ जुलाइ १९८३ मा अन्टार्टिकामा रेकर्ड भएको थियो।
हामी त्यसभन्दा तल गयौं भने मंगल ग्रहको तापक्रम आउँछ। यो सौर्यमण्डलको चौथो ग्रह हो। सूर्यको प्रकाश पृथ्वीमा जति आउँछ, त्यति मंगल ग्रहमा पुग्दैन।
दिउँसो मंगल ग्रहमा गर्मी हुन्छ। राति भने माइनस १२५ डिग्री सेल्सियसमा झर्छ। चन्द्रमामा धेरै चिसो हुन्छ किनभने त्यहाँ तातो बनाउने कुनै वातावरण छैन।
चन्द्रमाको सतहको तापमान माइनस १७३ डिग्री सेल्सियस हुन्छ। चन्द्रमाले प्राप्त गर्ने तापक्रम सूर्यबाटै आउने हो। त्यहाँ पनि दिउँसो गर्मी हुन्छ, राति झरेर माइनस १०० डिग्रीमा पुग्छ। चन्द्रमाको तापमानको कुनै ठेगान हुँदैन।
अझै त्यसभन्दा तल माइनस १९६ डिग्री सेल्सियस हुन्छ, जुन नाइट्रोजनको बोइलिङ पोइन्ट (उम्लिने विन्दु) हो। यो तापमानमा नाइट्रोजन बरफ हुन्छ। तर, माइनस १९६ डिग्री सेल्सियसभन्दा तलको तापमानमा यो लिक्विड फर्ममा हुन्छ।
यसभन्दा अझै तल जाँदा माइनस २१० डिग्री सेल्सियस आउँछ। यो नाइट्रोजनको फ्रिजिङ पोइन्ट (चिसो विन्दु) हो। यो तापमानमा नाइट्रोजन न त वायुको रूपमा हुन्छ, न प्रवायु। यसभन्दा तल जाँदा माइनस २१४ डिग्री सेल्सियस सौर्य मण्डलको नेप्चुन ग्रहको तापमान हो।
यसभन्दा तल माइनस २१६ डिग्री सेल्सियस युरानस ग्रहको औसत तापमान हो। त्यसैले यसलाई आइस जाइन्ट (विशाल बरफ) भनिएको हो। यो ग्रह हाम्रो पृथ्वीभन्दा ६८ गुणा ठूलो र अति सुन्दर छ। तर, त्यहाँ गएर के फाइदा, जहाँ यति चिसो हुन्छ।
वैज्ञानिकहरूले प्लुटोलाई ग्रहको सूचीबाट हटाइदिए। नत्र, यो सौर्यमण्डलको सबैभन्दा चिसो ग्रह हुन्थ्यो। यसको तापमान माइनस २२९ डिग्री सेल्सियस छ। यो ग्रह यति टाढा छ कि यसमा सूर्यको प्रकाश पुग्न सक्दैन। प्लुटोमा हाइट्रोजनको उम्लिने विन्दु माइनस २५३ डिग्री सेल्सियस छ। हाइट्रोजन चिसोले उम्लिन्छ र ग्यास बन्छ। तर, यो फ्रिज कुन बेलामा हुन्छ त?
माइनस २५९ डिग्री सेल्सियसमा हाइड्रोजन फ्रिज हुन्छ। त्यसभन्दा तल गयो भने माइनस २६९ डिग्री सेल्सियस हुन्छ। यो हिलियमको उम्लिने विन्दु हो। हिलियमको पग्लिने विन्दु माइनस २७२ डिग्री सेल्सियस हो।
यसपछि ब्रम्हाण्डको औसत तापमान माइनस २७० डिग्री सेल्सियस हो। हाम्रो ब्रम्हाण्डमा यसभन्दा पनि धेरै चिसो हुन्छ। त्यो ठाउँलाई बुमर्याङ नेबुला भनिन्छ। जहाँ तातो भन्ने केही पाइँदैन। अर्थात्, सबै ठाउँमा चिसो हुन्छ।
नेबुलाको तापमान माइनस २७२ डिग्री सेल्सियस हो। यो परम शून्यभन्दा ०.०००००००००००१ ले कम छ। अन्त्यमा आउँछ परम शून्य तापमान, जुन माइनस २७३.१५ डिग्री सेल्सियसको हुन्छ।
शून्य तापमान सैद्धान्तिक मात्र सम्भव हुन्छ। र, यो इटालीका वैज्ञानिकले प्रयोगशालामा तयार पारेका थिए।
एजेन्सीको सहयोगमा