लेखक आचार्यको ‘उपहार’ सार्वजनिक
पत्रकार/लेखक चेतनाथ आचार्यको कथा संग्रह ‘उपहार’ सार्वजनिक गरिएको छ ।
शुक्रबार, १९ असोजमा आयोजित कार्यक्रममा संस्कृतिविद् सत्यमोहन जोशीले कृति सार्वजनिक गरेका हुन् ।
कार्यक्रममा बोल्दै संस्कृतिविद् जोशीले राष्ट्रको समृद्धि र उन्नतिका लागि आर्थिक तथा भौतिक विकास मात्र पर्याप्त नभएकाले साहित्यले देशको मान र प्रतिष्ठा स्थापित गर्ने बताए ।
उनले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय स्तरमा पु¥याउन पहलकदमी चाहिएको पनि बताए । सरल शैली र कथा लेखनको नयाँ प्रयोग गरेको भन्दै जोशीले आचार्यको प्रशंसा गरे ।
समिक्षक प्रा. डा. राजेन्द्र सुवेदीले कथाकृतिमा बहुसांस्कृतिक विषयहरुलाई कलात्मक प्रस्तुत गरिएको बताए । उनले अर्को प्रसंगमा नेपाली कृतिलाई अनुवादमार्फत विश्व साहित्यमा लैजानुपर्ने आवश्यकतामा जोड दिए ।
साहित्यकार माया ठकुरीले मौलिक शैलीमा कथाकारले मानवीय जीवनका विभिन्न पाटाहरुलाई कलात्मक रुपमा प्रस्तुत गरेकाले कथाकृति रुचिकर भएको टिप्पणी गरे ।
कार्यक्रमकी वक्ता चिनियाँ अन्तर्राष्ट्रिय रेडियो (सीआरआई) की नेपाली विभाग प्रमुख चाङ युवे (वर्षा) ले आचार्यको कथासङ्ग्रहबाट आफूले नेपाली समाज र परिवेश बुझ्ने अवसर पाएको बताइन् ।
लेखक आचार्यको यो पाचौं कृति हो । प्रथम पुरुष शैलीमा लेखिएको कथाकृतिमा आठ कथा समावेश छन् । चिनियाँ अन्तर्राष्ट्रिय रेडियोमा अन्तर्राष्ट्रिय विज्ञका रुपमा पैचिङमा कार्यरत आचार्यको चीनबारेका दुई पुस्तक पनि प्रकाशन भइसकेका छन् ।