बालिका बलात्कृत, महिलामाथि सामूहिक बलात्कार
धरान उपमहानगरपालिका वडा नं. ११ स्थित सामुदायिक वनमा शनिबार साँझ १२ वर्षीया बालिका बलात्कृत भएकी छन् ।
स्थानीय शेर्पा संघको वन घेरिएको कम्पाउण्डभित्र साँझ साढे ६ बजे बालिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले सोही वडाको सगरमाथा टोल बस्ने दुर्गाबहादुर बिकलाई पक्राउ गरेको छ ।
भोजपुर घोडेटारस्थित रानीबास घर भएका बिकलाई पीडित परिवारको जाहेरीका आधारमा पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यस्तै सोलुखुम्बुको सोताङ गाउ“पालिका वडा नं. २ माझखर्कमा ५० वर्षीया अपाङ्गता भएकी महिलालाई तीन जनाले सामुहिक बलात्कार गरेका छन् । कान नसुन्ने र बोल्न नसक्ने महिलालाई तीनजनाले बलात्कार गरेको जाहेरी प्रहरीमा परेको छ ।
१ असोज राति घरमा सुतेकी ती महिलालाई बलात्कार गरेको आरोपमा मध्यदुधकोसी वडा नं. ८ का गिरीधन राईसहित तीन जनाको नाममा पीडित परिवारले जाहेरी दिएको र आरोपितहरुको खोजी भई रहेको प्रहरीले जनाएको छ ।