घर-घर क्यासेट बेच्थे 'फेशन'का निर्देशक मधुर भण्डारकर
बलिउडका विशिष्ट फिल्ममेकर मधुर भण्डारकर यथार्थवादी फिल्मका लागि चिनिन्छन्। उनले 'पेज थ्री', 'चाँदनी बार', 'हिरोइन' र 'फेशन' जस्ता फिल्म बनाएका छन्। २६ अगस्ट १९६८ मा मुम्बईको महाराष्ट्रमा जन्मिएका उनी करीब १६ वर्षको छँदा मुम्बईको खार इलाकामा भिडियो क्यासेट पसल चलाउँथे।
साइकलबाट उनी घर-घर क्यासेट पुर्याउँथे। भिडियो क्यासेटको लाइब्रेरी चलाउँदा चलाउँदै उनलाई फिल्मबारे ज्ञान हासिल हुँदै गयो। त्यो ज्ञान बिस्तारै फिल्म निर्माणको सपनामा रुपान्तरण हुन थाल्यो।
आफैंले फिल्म बनाउनुअघि मधुरले अशोक गायकवाड र रामगोपाल वर्मा जस्ता बलिउड निर्देशकको सहायक भएर काम गरे। उनी रामगोपालको फिल्म 'रंगीला' (२००५) मा छोटो भूमिकामा देखिएका थिए। सन् १९९९ मा उनले पहिलो फिल्म निर्देशन गरे, 'त्रिशक्ति' । जसले औसत प्रतिक्रिया पायो।
सन् २००१ मा आएको फिल्म 'चाँदनी बार' बाट भने मधुरले कुशल निर्देशकको परिचय दिए। फिल्ममा अभिनेत्री तब्बुको अभिनयले पनि तारिफ बटुल्यो। उक्त फिल्मका लागि मधुरले निर्देशकका रुपमा पहिलो नेशनल अवार्ड पाएका थिए।
मधुरले ३० जनवरी २००८ मा आफ्नो फिल्म 'फेशन' को निकै संवेदनशील दृश्यको छायांकन गरेका थिए, जहाँ र्याम्पमा कंगना रनोटको पहिरन फुस्किन्छ। उक्त दृश्य मुम्बईको मेहबुब स्टुडियोमा निकै कम मानिसहरुमाझ छायांकन गरिएको थियो र कंगना पनि कुनै संकोच विना आफ्नो दृश्य दिन तयार भएकी थिइन्।
उनले निर्देशन गरेको पछिल्लो फिल्म 'इन्दु सरकार' (२०१७) हो।
– एजेन्सी