वीरगञ्जमा दुईदिने नेपाल–भारत साहित्य महोत्सव
पर्साको वीरगञ्जमा दुईदिने नेपाल–भारत साहित्य महोत्सव भइरहेको छ ।
२७ साउन, आइतबारबाट शुरु भएको महोत्सवको उद्घाटन प्रदेश–२ का मुख्यमन्त्री लालबाबु राउतले गरेका थिए ।
महोत्सवलाई सम्बोधन गर्दै मुख्यमन्त्री राउतले साहित्यबाट दुई देशको सम्बन्ध थप प्रगाढ हुने धारणा राखेका थिए ।
नेपाल–भारत सहयोग मञ्च वीरगञ्जले आयोजना गरेको महोत्सवमा नेपाल तथा भारतका साहित्यकारहरुलाई सम्मानित गरिएको छ ।
महोत्सवमा डा. विजय पण्डित, डा. धुव्रचन्द्र गौतम, डा. योगेन्द्रनाथ शर्मा, जेशराज किँराती, रमेश गोरखाली, श्रेष्ठ प्रिया पथ्थर लगायतका साहित्यकारलाई सम्मान गरिएको छ ।
जियालाल साह, वीरगञ्ज