'सन्जु' बन्यो बलिउडको सर्वाधिक कमाउने छैटौं फिल्म
रणवीर कपूर अभिनित 'सन्जु' रिलिज भएको एक महीना बितिसके पनि बक्स-अफिसमा कमाइको रफ्तार थामिएको छैन ।
भारतभरि ३३३ करोड बटुलिसकेको फिल्मले देशबाहिर पनि राम्रो व्यापार गरेको छ। यससँगै विश्वव्यापी व्यापार गर्ने बलिउडका फिल्महरुमा 'सन्जु' ले छैटौं स्थान सुरक्षित गरेको छ।
फिल्मले अहिलेसम्म ५७० करोड कमाइ गर्दा सलमान खान अभिनित 'टाइगर जिन्दा हे' को बक्स-अफिस कीर्तिमान तोडिदिएको छ।
भारतीय बक्स-अफिसको आँकडा अनुसार, विश्वव्यापी कमाइमा 'बाहुबली: द कनक्लूजन' अग्रस्थानमा छ। यस्तै, सर्वाधिक कमाउने पाँच फिल्महरुमध्ये आमिर खान र सलमान खानका दुई/दुई फिल्म छन्।
विश्वव्यापी कारोबारका हिसाबले बलिउडका टप टेन फिल्मको सूची यस्तो छ:
(कमाइ रकम भारुमा)
१. 'बाहुबली: द कनक्लूजन' - ८०२ करोड
२. 'दंगल' - ७०२ करोड
३. 'पीके' - ६१६ करोड
४. 'बजरंगी भाईजान' - ६०४ करोड
५. 'सुल्तान' - ५७७ करोड
६. 'सन्जु' - ५७० करोड
७. 'टाइगर जिन्दा हे' - ५६५ करोड
८. 'पद्मावत' - ५४६ करोड
९. 'धूम ३' - ५२४ करोड
१०. 'चेन्नई एक्सप्रेस' - ३९६ करोड
'सन्जु' ले दर्शकका साथै समीक्षकबाट राम्रो प्रतिक्रिया पाइरहँदा दर्शकमाझ निरन्तर प्रभाव जमाइरहेको छ।
सञ्जय दत्तको जीवनकथामा आधारित यस फिल्मले रिलिजको दिन ३४ करोड ७५ लाख भारु बटुल्दै २०१८ मा सबैभन्दा ठूलो ओपनिङ कलेक्सन गर्ने कीर्तिमान बनाएको थियो।
– एजेन्सी