डा. केसीको पक्षमा बुटवलमा सडक कविता
चिकित्सा शिक्षा सुधारको माग गर्दै अनशनरत डा. गोविन्द केसीको जीवन रक्षा, माथेमा आयोगको प्रतिवेदन कार्यान्वयन लगायतको माग गर्दै बुटवलमा साहित्यकारहरुले सडकमा कविता वाचन गरेका छन् ।
पाठक मञ्च बुटवल, बुटवल साहित्य परिषद् र साहित्य संगम बुटवलको आयोजनामा ‘सडक कविता वाचन’को आयोजना गरिएको हो ।
डा. केसीका माग आम नागरिकका माग भएको भन्दै उनीहरुले कवितामार्फत सरकारलाई तत्काल माग सम्बोधन गर्न आग्रह गरे ।
साहित्यकारले सरकार सिमित वर्गका लागि मात्र नभै गरीब दुःखीका लागि हुनुपर्ने बताएका थिए ।
कविता वाचन अघि साहित्यकारहरुले प्लेकार्ड सहित पुष्पलालपार्कबाट मिडिया चोकसम्म र्याली गरेका थिए ।
सडक कविता वाचनमा अजम्बरध्वज खाती, जंगबहादुर साह, ऋषि आजाद, नारद गौतम, दीपक विश्वकर्मा, रामचन्द्र श्रेष्ठ लगायत ३० बढी साहित्यकारहरुको सहभागीता थियो ।
दीपक ज्ञवाली, बुटवल