चोभारमा मञ्जुश्रीको नाममा धार्मिक सांस्कृतिक महोत्सव हुँदै
मञ्जुश्री र चोभारको ऐतिहासिक धार्मिक पहिचान जगाउने उद्देश्यले ‘चोभार–मञ्जुश्री धार्मिक सांस्कृतिक महोत्सव २०७५’ साउनको दोस्रो सातादेखि सुरु हुने भएको छ।
अयोजक संस्थाले दिएको जानकारी अनुसार साउन १३ देखि २१ सम्म आयोजना हुने यो महोत्सवमा विभिन्न कार्यक्रम हुनेछ।
साउन १३ गते बिहान १० बजे शोभा कलश यात्रा हुनेछ। साउन १४ देखि २० सम्म योग शिविर, मण्डप पुजा, भागवत पाठ, संगीतमय कथा–वाचन, लगायत कार्यक्रम रहेको धार्मिक महोत्सव मूल आयोजक समिति तथा जल विनायक सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष इन्द्रबहादुर महर्जनले बताए।