फिफा विश्वकप: हेर्नलायक खेलाडी
फिफा विश्वकप- २०१८ मा केही खेलाडीहरुको खेल मैदानमा हेर्न लायक हुनेछ । सम्भवत: उपाधि पनि यिनैमध्येका खेलाडी सहभागी टोलीले बाजी मार्नेछ ।
विश्वकप मैदान बाहिर
आइसल्यान्डका गोलकिपर हानेस हालदोरर्सन फिल्म निर्देशक पनि हुन्। २०१२ मा आइसल्यान्डका लागि यूरोभिजन गीत प्रतियोगितामा उनले तयार पारेको भिडियोले निकै चर्चा कमाएको थियो। उनी व्यावसायिक खेलाडी हुनु अघि सागा फिल्म कम्पनीमा काम गर्थे।
आयोजक रुसले विश्वकपकै तयारी स्वरुप सडकका छाडा कुकुर र बिरालो मार्ने अभियान चलाएको छ। एक रिपोर्ट अनुसार एउटा कुकुर वा बिरालो मार्न १४२ डलरसम्म खर्च गरिएको छ।
विश्वकपमा एक जना पनि बेलायती रेफ्री हुने छैनन्। यसलाई रुस–बेलायतबीच हालै चर्किएको राजनीतिक खटपटसँग पनि जोडेर हेरिएको छ।
अर्जेन्टिनाको फूटबल संघद्वारा आयोजित एक सेमिनारमा सहभागीलाई एउटा बुलेटिन बाँडिएको थियो, जसमा रुसी महिलालाई कसरी फकाउने भन्ने समेत सिकाइएको थियो। यो कुरा सार्वजनिक भएपछि अर्जेन्टिनी फूटबल संघको निकै आलोचना भएको थियो।
यस पटक जर्मनी र स्वीडेन एकै समूहमा छन्। सन् १९५८ मा यी दुई टोली सेमिफाइनलमा भिडेका थिए। जसमा स्वीडेनले ३–१ ले बाजी मारेको थियो। हारपछि जर्मनीको ह्यामवर्गमा स्वीडिस् कारहरू तोडफोड गरियो। र, रेस्टुराँका मेनुबाट स्वीडिस खानेकुरा पनि हटाउन लगाइएको थियो।
२००६ को विश्वकप आयोजना गरेको नौ महीना पछि जर्मनीको जन्मदर १० प्रतिशतले बढेको थियो। जर्मनीका केही क्षेत्रमा ३० प्रतिशतसम्म जन्मदर बढेको रेकर्ड पाइएको थियो। दक्षिण अफ्रिकामा पनि सन् २०१० को विश्वकपपछि जन्मदर बढेको बताइन्छ।
सम्बन्धित समाचारहरु:
विश्वकप सपना
फिफा विश्वकप: उपाधि उलटफेर गर्न सक्ने ‘डार्क हर्स’
सलाह: इजिप्टका शान