टोनी हागनले खिचेका तस्वीरको भक्तपुर प्रदर्शनी
भक्तपुरमा १२ चैतमा फोटो प्रदर्शनीको उद्घाटन गर्दै स्वर्गीय डा. टोनी हागनकी सुपुत्री डा. केट्रिन हागन । तस्वीरः विक्रम राई/हिमालखबर
भूगर्भशास्त्री तथा विकास योजनाकार स्वर्गीय डा. टोनी हागनले सन् १९५० को दशकमा काठमाण्डौँ उपत्यकामा खिचेका तस्वीरहरूको प्रर्दशनी भक्तपुरको गछेंस्थित टोनी हागन हाउसमा शुरु भएको छ । प्रदर्शनीमा ४० वटा तस्वीर राखिएका छन् । २६ मार्चमा शुरु प्रदर्शनी १ अप्रिलसम्म चल्ने आयोजकले जनाएको छ ।
तस्वीरहरू टोनी हागन सुपुत्री डा. केट्रिन हागनले प्रदर्शनीका लागि उपलब्ध गराएकी हुन् । केट्रिन आफ्ना बुबाले खिचेका तस्वीरहरू सम्पदा भइसकेको बताउँछिन् । उनी प्रदर्शनीले सम्पदा र वातावरण संरक्षण गर्नमा घच्घच्याउने आफूले आशा गरेको बताउँछिन् ।
सन् १९५० मा पहिलो पटक भूगर्वविदको रुपमा नेपाल आएका स्वीस नागरिक हागनले चार दशक भन्दा बढी विकासशील देशमा विशेषज्ञको रुपमा काम गरेका थिए ।
सविना देवकोटा