रहेनन् 'आज रमिता छ'का सर्जक
चर्चित साहित्यकार इन्द्रबहादुर राईको निधन भएको छ । ९० वर्षीय साहित्यकार राईको २२ फागुनमा भारतको दार्जिलिङस्थित आफ्नै निवासमा निधन भएको हो ।
१७ माघ १९८४ मा दार्जिलिङ, खर्साङमा बाबु रणवीर राई र आमा हस्तमाया देवानको कोखबाट जन्मेका राई २०५१ सालमा जग्गादम्बाश्री पुरस्कार प्राप्त गरेका थिए ।
राईको आज रमिता छ (उपन्यास), विपना कतिपय (कथासँग्रह), कठपुतलीको मन (निबन्धसँग्रह), कथास्था (कथासँग्रह), सेतो ख्याकको बनोट र बुनोट (समालोचना), टिपेका टिप्पणीहरू (समालोचना सँग्रह), नेपाली उपन्यासका आधारहरू (समालोचना सँग्रह), सन्दर्भमा ईश्वरबल्लभका कविता (समालोचना), साहित्यको अपहरण मार्क्सवादी प्रतिवद्धता (समालोचना), दार्जीलिङमा नेपाली नाटकको अर्धशताब्दी, पहाड र खोला (निबन्धसँग्रह), अर्थहरूको पछिल्तिर (समालोचना), पृष्ठ पृष्ठ (समालोचना), लेखहरू र झ्याल (निबन्धसँग्रह), लीला प्रस्तावना (समालोचना) लगायतका कृति प्रकाशित छन् ।