४२ जनालाई कारबाही सिफारिश गर्ने चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन
मेडिकल कलेजको सम्बन्धन, प्रवेश परीक्षा, भर्ना र सीट तथा शुल्क निर्धारण जस्ता प्रक्रियामा हुने अनियमितता पहिचान तथा त्यसमा संलग्न दोषीलाई कारबाही सिफारिश गर्न गठन गरिएको ‘चिकित्सा शिक्षासम्बन्धी जाँचबुझ आयोग–२०७४’ ले यसै साता आफ्नो प्रतिवेदन सरकारलाई बुझाएको छ ।
सरकारले सार्वजनिक गरिनसकेको उक्त प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय स्रोतबाट हिमाल लाई प्राप्त भएको छ ।
प्रतिवेदनले चिकित्सा शिक्षा क्षेत्रमा हुने गरेका अनियमितता संस्थागत गर्न विश्वविद्यालय तथा मेडिकल काउन्सिल जस्ता नियामक निकायका उच्चपदस्थ पदाधिकारीको संलग्नता औंल्याउँदै उनीहरूलाई कारबाहीको सिफारिश गरेको छ ।
प्रतिवेदनमा चिकित्सा शिक्षा क्षेत्रका समस्या समाधान र थप सुधारका लागि सुझावहरू पनि दिइएको छ ।
तिनै सुझावहरू समेटिएको प्रतिवेदनको भाग–९ र चिकित्सा शिक्षा सम्बन्धी अदालती फैसलाहरूबारे चर्चा गरिएको भाग–१० यहाँ सार्वजनिक गरिएको छ ।
प्रतिवेदनको बाँकी अंश हिमालखबरडटकम मा क्रमशः प्रकाशित गरिनेछ ।
पढ्नुहाेस् ।
यी हुन् मेडिकल शिक्षा बेथितिका ४२ अनुहार