६ महीनामा १७ गैँडा मरे
चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको ६ महीनामा १७ गैँडा मरेका छन् ।
१७ मध्ये दुई बच्चा र चार वयस्क गैँडा बाढीका कारण मरेका हुन् ।
बाढीले बगाएर, बुढो भएर र बच्चा जन्माउन नसकेर ती गैँडा मरेको निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्यालले जानकारी दिए ।
त्यस्तै एउटा बच्चा गैँडालाई बाघले खाएको छ ।
५० वर्ष आयु हुने भएपनि ३० वर्ष कटेपछि गैंँडा कमजोर हुँदै जान्छ । मरेका मध्ये अधिकांश गैँंडा ३०/३५ वर्षका थिए ।
गत आर्थिक वर्षमा चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा २५ गैँंडा मरेका थिए ।
सन् २०१५ मा गरिएको गणनामा चितवन राष्ट्रिय निकुञ्ज र आसपासको वन क्षेत्रमा ६०५ गैँंडा रहेका थिए ।
गणनापश्चात बर्दिया राष्ट्रिय निकुञ्जमा ८ वटा र शुक्लाफाँटामा पाँचवटा गैँंडा स्थानान्तरण गरिएको छ । रासस