सम्पदा समय
उनलाई यो समय सपना जस्तै लाग्छ । नलागोस् पनि कसरी, तीन वर्ष अघिसम्म उनलाई काम दिन हच्किनेहरु नै आज महिनौं कुर्न तयार हुन्छन् ।
तर्कविर्तक भएपनि तथ्य के हो भने गीतका भिडियोका लागि पहिलो रोजाइकी कलाकार हुन्– सम्पदा बानियाँ । अहिलेसम्म दुई सयजति भिडियोमा काम गरिसकेकी उनी यतिबेला सर्वाधिक व्यस्त महिला कलाकार मध्येमा पर्छिन् ।
नेपाल टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रमकी प्रस्तोताकी रुपमा रजतपटमा छिरेकी हेंटौडाकी सम्पदाको लक्ष्य कला क्षेत्रमा आफ्नो नाम राख्नु नै थियो । तर, आजको लोकप्रियता र मागप्रति उनी स्वयंलाई विश्वास थिएन ।
सम्पदाकै भनाईलाई मान्दा, उनलाई अहिले महिनामा दुई दर्जनभन्दा बढी म्युजिक भिडियोको ‘अफर’ आउछ । अधिकांश भिडियोको काम एक, दुई दिनमै सकिन्छ ।
सम्पदाका म्युजिक भिडियोका संख्यासँगै आम्दानी र जीवनस्तर पनि उकालिँदो छ । तर, तीन वर्षअघि पहिलोपटक म्युजिक भिडियो खेल्दा निर्देशक शिव विकले दिएको खाम उनलाई अझ्ैं याद छ । “घरमा गएर खाम खोले, सात हजार रुपैया“ रहेछ । मलाई यति धेरै पैसा आउँछ भन्ने थाहै थिएन”, उनी भन्छिन् । त्यो सात हजार मध्ये एक हजार रुपैंयाँ अहिले पनि उनको खुत्रुकेमा छ । “संघर्षलेपछिको यस्तो सफलता कहिले काहिँ त सपनाजस्तो लाग्नेरहेछ”, सम्पदा भन्छिन् ।
शिव मुखिया