नायक निर्जन
निर्जनको अर्थ हुन्छ– सुनसान, एकान्त, एकलास आदि। तर, पोखराका निर्जन थापाको हकमा यो परिभाषा गलत ठहरिन्छ। मोडलिङको रंगीन दुनियाँमा पुरुष पात्र खोज्दा भने उनकै नाम पहिलो लहरमा पर्छ।
'म्यान हन्ट इन्टरनेशनल–२०११' का विजेता पोखराका निर्जनले त्यसयता टीजीआईएफ फेसन विक, डिजाइनर अफ दि विक, ब्राइडल शो जस्ता देश–विदेशमा र्याम्प नापिसकेका छन्। टीभीएस वाइक, एनसेल, सामसुङ मोबाइल, नेपाल आइस बियर, टाइगर बियरलगायतका विज्ञापनमा पनि उनी छाइसकेका छन्। र्याम्प मोडलिङ होस् या छापा विज्ञापन; छरितो ज्यान र अग्लो कदका निर्जनले आफ्नो पहिचान स्थापित गरिसकेका छन्।
निर्जनको रहर यतिमै सकिंदैन। पछिल्लो समय उनी कोरियोग्राफी र म्यूजिक भिडियोमा पनि देखिएका छन्। अब अभिनेताका रुपमा उनको चिनारी फेरिंदैछ। 'लालटिन' र 'चर्खा' चलचित्रमा नायकका रुपमा उनी अनुबन्धित भएका छन्। “चलचित्रले मलाई फरक परिचय दिने आशा गरेको छु”, व्यवस्थापनमा स्नातकोत्तर उनी भन्छन्।