काठमाडौंमा अफ्रिकन फिल्म महोत्सव (तालिका सहित)
काठमाडौं, कमलादीस्थित रसियन कल्चर सेन्टरमा पाँचौ ‘नेपाल अफ्रिका फिल्म फिस्टिवल’ शुरु भएको छ । कलेज अफ जर्नालिजम एन्ड मास कम्युनिकेशन (सीजेएमसी) द्वारा आयोजित फिल्म महोत्सवको उपराष्ट्रपति नन्दबहादुर पुनले २२ भदौमा उद्घाटन गरेका हुन ।
महोत्सवलाई अफ्रिकाको कला, संस्कृति, जीवनशैलीबारे जान्ने अवसरका रुपमा उपयोग गर्न सकिने उपराष्ट्रपति पुनले बताए ।
उदघाटन कार्यक्रममा बोल्दै सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले नेपाल र अफ्रिकन मुलुकसँग कुटनीतिक सम्बन्ध कायम गर्नेतर्फ पहल गरिने बताए ।
कलेजका संस्थापक प्रिन्सिपल डा. मञ्जु मिश्रले सांस्कृतिक विविधताले धनी अफ्रिकन मुलुक र नेपालबीच संस्कृति आदानप्रदान गर्ने उद्देश्यले महोत्सव आयोजना गरेको बताइन् ।
२४ भदौसम्म सञ्चालन हुने महोत्सवमा एक नेपाली र सात अफ्रिकन फिल्म प्रदर्शन हुने आयोजकले जानकारी दिएको छ ।