ओलम्पिकमा पदक जित्ने विश्वास छ: फुपुल्हामु
७ साउनमा राष्ट्रिय खेलकुद पत्रकार मञ्चद्वारा आयोजित पल्सर स्पोर्टस् अवार्डमा उत्कृष्ट वर्षखेलाडी (महिला) बनेकी जुडोकी फुपुल्हामु खत्री (२०) भन्छिन्, "सागको खुशी बल्ल साट्न पाएँ ।"
उत्कृष्ट वर्षखेलाडीको अवार्ड जित्दा कस्तो लागेको छ?
मेरो मिहिनेत र दुःखको कदर भएको महसूस भइरहेको छ । देशका लागि खेल्दा सम्मान पाइँदोरहेछ । आत्मविश्वास बढेको छ । उत्तिकै राम्रा प्रतिस्पर्धीहरूबीच उत्कृष्ट हुनु आफैंमा खुशीको कुरा पनि हो । अर्को कुरा, हंगेरी ओपन जुडो च्याम्पियनसिपमा भाग लिन गएकाले सागमा स्वर्ण जितेको खुशी स्वदेशमा साट्न पाएकी थिइनँ । यो अवार्डले त्यसको अभाव पूरा गरेको छ ।
जुडोमा महिला सहभागिता कस्तो छ ?
सागमा जुडोमा स्वर्ण जित्ने म पहिलो नेपाली महिला हुँ । यो प्रतिभाको उच्च कदर हुने खेल हो । यसमा महिला होस् कि पुरुष क्षमता प्रदर्शन गर्नै पर्दछ । तर महिलातर्फपदक जित्ने राम्रो मौका छ । त्यसैले जुडोमा महिला सहभागिता बढाउनुर्पर्छ ।
जुडो खेलको विकासका लागि नगरी नहुने कुरा के हो ?
हाम्रा प्रशिक्षकहरू अन्तराष्ट्रियस्तरका हुनुहुन्छ । विदेश र यहाँ हुने तालीम पनि एउटै हो । तर खेल सामग्रीको भने कमी छ । खेलाडीको सुविधामा पनि खासै ध्यान पुगेको छैन ।
तपाईं कसरी जुडोतर्फआकषिर्त हुनुभयो ?
काठमाडौंको नयाँबजारमा रहेको हाम्रो होटलमा आइरहने चन्द्र डंगोललगायतले भन्नुभएपछि बाबाले मलाई जुडो सिक्न भर्ना गरिदिनुभएको हो । तर, आज जुडोबाटै देशका लागि पदक जितिरहेका बेला खुशी साट्न उहाँ हुनुहुन्न । सगरमाथा आरोहणको क्रममा दुई वर्षपहिले हिमपहिरोमा परेर बुबा बित्नुभयो । मेरा सारा पदक बुबालाई र्समर्पण गर्न चाहन्छु ।
अगस्टमा हुने रियो ओलम्पिकको तयारी कस्तो छ ?
ओलम्पिकमा सहभागी हुनु चानचुने कुरा होइन । निरन्तर प्रशिक्षण लिइरहेकी छु । शतप्रतिशत दिएर खेल्नेछु । देशका लागि कुनै न कुनै पदक लिएर आउने विश्वास छ ।