'छाउघर' उपन्यासमाथि परिचर्चा
नारी दिवसको अवसर पारेर कञ्चनपुरमा ‘छाउघर’ उपन्यासमाथि परिचर्चा गरिएको छ ।
सुदूरपश्चिममा रहेको छाउपडी प्रथामाथि लेखिएको लेखक राज सगरमको ‘छाउघर’ उपन्यासमा परिचर्चा गरिएको हो । रिडर्स क्लब कञ्चनपुरले आयोजना गरेको कार्यक्रममा साहित्यकार भुवन निस्तेज, शशी ओझा, निशा भट्ट र क्लबका अध्यक्ष सुरेन्द्रराज ओझाले पुस्तकमाथि बोलेका थिए ।
ग्लोबल एकेडेमीमा आयोजित कार्यक्रममा लेखक सरगमले सहभागिले सोधेका प्रश्नको जवाफ दिएका थिए । उनले छाउपडी प्रथालाई अन्त्य गर्न सघाउ पुगोस भनेर उपन्यास लेखेको बताए ।