धुर्मुस-सुन्तली पुनःनिर्माण सद्भावनादूत नियुक्त
भूकम्पपछि एकीकृत वस्ती निर्माण गरेका धुर्मुस–सुन्तली पुनःनिर्माणका लागि सद्भावनादूत नियुक्त भएका छन् ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले सिताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली)लाई लागि सद्भावनादूत नियुक्त गरेको छ । पुनःनिर्माणमा एकीकृत वस्ती विकासका लागि जनचेतना जगाउन उनीहरुलाई सद्भावनादूत नियुक्त गरिएको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत गोविन्दराज पोखरेलले बताए ।
भूकम्पपछि धुर्मुस–सुन्तलीले धुर्मुस–सुन्तली फाउण्डेसन स्थापना गरेर एकीकृत बस्ती निर्माणमा लागि रहेका छन् । उनीहरुले काँभ्रे र सिन्धुप्लाञ्चोकमा एकीकृत वस्ती निर्माण गरेका छन् । अहिले मुसहर बस्ती निर्माणमा खटिएका छन ।