धर्मपुत्री पाल्ने मनिषा कोइरालाको योजना
अभिनेत्री मनिषा कोइरालाले आमा बन्न चाहेको धारणा सार्वजनिक गरेकी छन् ।
एक भारतीय दैनिक पत्रिकालाई दिएको अन्तर्वार्तामा अभिनेत्री कोइरालाले बच्चा ‘अडप्ट’ गरेर आफू छोरीकी आमा बन्न चाहेको बताएकी छन् ।
अन्तर्वार्तामा कोइरालाले भनेकी छन्– “आमा बन्ने मेरो चाहाना विगत दुई वर्षदेखिकै हो तर अरुको बच्चा अपनाउँदा हुने प्रक्रियागत झन्झटका कारण मेरो सपना पुरा हुन सकेको छैन् । आशा छ मेरो यो सपना अब चाँडै पुरा हुनेछ । र म यो योजनाले निकै उत्सुक पनि भएकी छु ।”
आफूले अडप्ट गर्ने बच्चा छोरी नै हुने भन्दै मनिषाले छोरीलाई ध्यानमा राखेर आगामी योजना बनाउने र छोरीसँगै भविष्य विताउन चाहेको पनि उल्लेख गरेकी छिन् ।
आफ्नो अनुभव र ज्ञान छोरीसँग साट्ने र उसलाई उचित शिक्षा दिक्षाका साथ अगाडि बढाउने योजना रहेको मनिषाको भनाइ छ ।