ग्रामी अवार्डमा एडेलको दबदवा
५९औं ग्रामी अवार्डमा बेलायती गायिका एडेलको दबदवा रह्यो । ‘ट्वान्टी फाइभ’ अल्बमबाट उनले पाँचवटा अवार्ड जितेकी हुन् ।
लस एञ्जलस्मा २ फागुन बिहान आयोजित समारोहमा एडेलले पाँच वटा ग्रामी अवार्ड ग्रहण गरिन् । उनको ‘हेल्लो’ गीतले ‘रिकर्ड अफ दि इयर’, ‘वेस्ट पप सोलो पर्र्फर्मेन्स’, ‘सङ अफ दि इयर’को अवार्ड पाइन भने उनको ‘ट्वान्टी फाइभ’ अल्बमले ‘बेस्ट पप भोकल अल्बम’ र ‘अल्बम अफ दि इयर’को अवार्ड दिलायो ।
यस अघि उनलाई २०१३ मा ‘स्काइफल’ले ‘बेस्ट सङ रिटन फर भिजुअल मिडिया’, २०१२ मा ‘सेट फायर टु दि रेन’ले ‘बेस्ट पप सोलो पर्र्फर्मेन्स’, २०११ मा ‘रोलिङ इन दि डिप’ले ‘रिकर्ड अफ दि इयर’ र ‘ट्वान्टी वान’ले ‘रिकर्ड अफ दि इयर’ अवार्ड जिताएका थिए ।
‘ब्ल्याकस्टार’ अल्बम रिलिजको अघिल्लो दिन मृत्यु भएका डेबिड बोइले चार वटा अवार्ड जिते । उनको ‘ब्ल्याकस्टार’ले ‘बेस्ट पर्फोमेन्स, बेस्ट अल्टरनेटिभ म्यूजिक अल्बम, बेस्ट इञ्जिनियर्ड अल्बम (नन क्लासिकल) र बेस्ट रक सङ’ अवार्ड जितको छ ।
त्यस्तै चान्स दि ¥यापरले ‘बेस्ट न्यू आर्टिस्ट’सँगै ‘नो प्रोब्लम’का लागि ‘बेस्ट ¥याप पर्र्फर्मेन्स’ र ‘कोलरिङ बुक’का लागि ‘बेस्ट ¥याप अल्बम’ अवार्ड पाए । यस्तै ट्वान्टी वान पाइलट्सले ‘स्टे«स्ड आउट’का लागि ‘बेस्ट पप ड्यू÷ग्रुप पर्र्फर्मेन्स’, विलियम नेल्सनले ‘समर टाइमः ह्वाइल नेल्सन सिङ्गस् जर्सविन’का लागि ‘बेस्ट ट्रेडिसनल पप भोकल अल्बम’, द चेनस्मोकरले ‘डोन्ट लेट मि डाउन’का लागि ‘बेस्ट डान्स रिकर्डिङ’को अवार्ड पाए ।
फ्लुमको ‘स्किन’ले ‘बेस्ट डान्स/इलेक्ट्रिक अल्बम’, स्नर्की पपीको ‘कल्च भल्च’ले ‘बेस्ट कन्टेम्पोररी इन्स्ट्रुमेन्टल अल्बम’, र केज द इलिफेन्टको ‘टेल मि आईएम प्रीटी’ले ‘बेस्ट रक अल्बम’को अवार्ड पाएको छ ।