वीरगञ्जमा सुविधासम्पन्न फिल्म थियटर
वीरगञ्जमा डिजिटल प्रविधिको नयाँ फिल्म थियटर सञ्चालनमा आएको छ ।
वीरगञ्ज– १४ रानिघाटमा रु ५ करोड ५० लाखको लागतमा बजरंग पिक्चर्स प्रालिले नयाँ फिल्म थियटर सञ्चालनमा ल्याएको होे ।
वीरगञ्जमा रहेका जम्मा ६ वटा फिल्म हलमध्ये ४ वटा बन्द अवस्थामा छन् भने सञ्चालनमा रहेका दुईको अवस्था पनि गतिलो छैन ।
डिजिटल प्रविधिमा फिल्म देखाइने नयाँ थियटरले सुविधासम्पन्न र गुणस्तरीय थियटरमा फिल्म हेर्ने यसक्षेत्रका जनताको माग पूरा गर्ने थियटरको दाबी छ ।
नेपाल बैक लिमिटेडको स्वामित्वमा रहेको बजरंग पिक्चर्स प्रालिलाई श्रीराम पिक्चर्स प्रालिका सञ्चालक शिवजीप्रसाद कलवारले रु ३ करोड २५ लाखमा खरिद गरी त्यसलाई मर्मत र परिस्कृत गरी नयाँ प्रविधिसहित सञ्चालनमा ल्याएका हुन् ।
बजरंग पिक्चर्स प्रालिले बैंकबाट लिएको ऋण तिर्न नसकेपछि बैंकले उक्त फिल्म हल जफत गरेको थियो ।
थियटरमा नेपाली, हिन्दी र भोजपुरी फिल्मका साथै माग भएमा हलिउडका फिल्महरु समेत प्रदर्शन गरिने सञ्चालकले बताएका छन् ।
जियालाल साह, पर्सा