गुर्दुमडाँडामा प्याराग्लाइडिङ
प्राकृतिक सम्पदाले भरिपूर्ण काँभ्रेप्लाञ्चोकको कुशादेवी-५ गुर्दुमडाँडा प्याराग्लाइडिङको परिक्षण उडान गरिएको छ ।
काँभ्रेको बिहाबर क्षेत्र सरोकार समाज, कुशादेवीको आयोजना प्याराग्लाइडिङको परिक्षण उडान गरिएको हो । बिहाबर क्षेत्रको पर्यटन प्रबद्धनका लागि समाजले २९ पुस र १ माघमा आयोजना गरेको साइकल ¥यालीको क्रममा प्याराग्लाइडिङको उडान भरिएको हो ।
काँभ्रेको पनौतीदेखि दक्षिण पश्चिममा पर्ने कुशादेवी र रयाल गाविस तथा यसका सीमानामा जोडिएको गाउँको केही भागसमेत गरी २० गाउँहरुलाई बिहाबर भन्ने गरेको पदम तामाङ बताउँछन् । समुद्र सतहबाट १३०० देखि २८०० मीटर उचाइसम्म फैलिएको बिहाबर क्षेत्र गुर्दुमडाँडाबाट आकर्षक देखिन्छन् ।
शब्द/तस्वीहरुः बिक्रम राई