नक्कली प्रमाणपत्र प्रकरण: सिआईबीको लिष्टमा डा. सुनिल शर्मा !
नोबेल मेडिकल कलेज विराटनगरका सञ्चालक डा. सुनिल शर्माको प्लस टुको शैक्षिक प्रमाणपत्र नक्कली भएको भेटिएको छ ।
सिआईबीलाई उद्धृत गर्दै 'काठमाण्डु पोष्ट'ले डा. शर्माको बिहार इन्टरमिडियट काउन्सिलबाट जारी भएको शैक्षिक प्रमाणपत्र नक्कली भएको उल्लेख गरेको छ ।
सिआईबीले भने उनलाई फरारको सूचीमा राख्दै दोस्रो चरणमा ४ असारमा २६ जना नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गर्दा डा. शर्मा सम्पर्कमा नआएकाले समात्न नसकेको जनाएको छ ।
सिआईबीले दोस्रो पटक सुनिल शर्मा सहित नक्कली प्रमाणपत्रधारी डाक्टरहरु पक्राउ गर्ने गरेर २६ असारमा सार्वजनिक गर्ने योजनामा थियो ।
तर सिआईबीबाट पक्राउ पर्ने थाहा पाएपछि शर्मा जापान भागेका थिए । उनी जापानपछि हाल दुबईमा रहेको र त्यतै बस्ने योजना बनाएको बुझिएको छ ।
तर सिआईबीका डिआईजी नवराज सिलवालले भने उक्त विषयमा कुनै पनि प्रतिक्रिया जनाउन चाहेनन् ।