वरिष्ठ भूगोलविद् प्राध्यापक मल्लको निधन
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं वरिष्ठ भूगोलविद् प्राध्यापक उपेन्द्रमान मल्लको मंगलबार निधन भएको छ ।
काठमाडौंको ओटु गुचा टोलमा जन्मिएका ८७ वर्षीय मल्लको ह्रदयघातका कारण निधन भएको परिवारले जनाएको छ ।
सन् १९४७ मा एसएलसी बोर्ड प्रथम भएका मल्ल लामोसमय त्रिभुवन विश्वविद्यालयको प्राध्यापक रहे । उनी फरक फरक समयमा २५ वर्षसम्म नेपाल भौगोलिक समाजको अध्यक्ष रहेका थिए ।
त्रिवि र योजना आयोगका अतिरिक्त मल्ल विभिन्न सरकारी सेवामा पनि रहे ।
उनी र विख्यात मानवशास्त्री क्रिष्टोफर भान फुरर हाइमनडर्फ सन् १९५३ ताका हिमाली जनजीवन र बुद्धधर्म अध्ययनका लागि साथै हिडेका थिए ।
जीवनको अन्तिम समयसम्म सक्रिय मल्लसहितको नागरिक अगुवा टोलीले गतसातामात्र कालापानीबाट भारतीय सेना हटाउन पहल गर्न सरकारलाई अपिल गरेको थियो ।