चितवनको गुम्बाबाट मूर्ति चोरियो
चितवनको भरतपुर महानगरपालिका–२ मा रहेको महाबौद्ध गुम्बा तीनखोलेमा शनिबार राति मूर्ति चोरी भएको छ।
सुनको जलप लगाइएको तीन फिटको मूर्ति चोरी भएको र दानपेटिका फोडिएको गुम्बा व्यवस्थापन समितिका अध्यक्ष विमला गुरुङले जानकारी दिइन्।
गुम्बामा लगाइएको ताला फोडेर चोरी भएको उनले बताइन्। गुम्बाको दानपेटिका तीन वर्षदेखि खोलिएको थिएन।
बिहान ४ बजे गुम्बामा पूजा गर्न जाने क्रममा चोरी भएको थाहा भएपछि प्रहरीलाई खबर गरिएको थियो। प्रहरीले मुचुल्का उठाउनाका साथै चोरीमा संलग्नको खोजी भइरहेको जनाएको छ।