टुँडिखेलमा अन्तर्राष्ट्रिय शाकाहारी सम्मेलन
काठमाडौंको टुँडिखेलमा आगामी २९-३० कात्तिकमा अन्तर्राष्ट्रिय नशामुक्त शाकाहारी सम्मेलन हुने भएको छ।
बाबा जय गुरुदेव धर्मविकास संस्थाको आयोजनामा सम्मेलन हुन लागेको व्यवस्थापक एवम संरक्षक नन्दकुमार चौधरीले बताए। चौधरीका अनुसार, दुई दिनसम्म चल्ने सम्मेलनमा ३२ राष्ट्रबाट भक्तजन तथा शान्तिप्रेमी नागरिकको सहभागिता रहनेछ।
उद्घाटनकै दिन दिउँसो २ बजे सत्सङ्ग शुरु हुनेछ। कार्यक्रमका संयोजक शालिकराम पराजुलीका अनुसार उक्त समारोहमा ६० हजारभन्दा बढी भक्तजनको सहभागिता रहनेछ। सहभागी सबै भक्तजनलाई खाना, बस्न र एक्युप्रेसर शिविर पनि निःशुल्क आयोजना गरिनेछ जनाइएको छ।