जन्मकैदको सिफारिस गरिएका आलमलाई सोमबार अदालत लगिने
आइतबार प्रदेश नम्बर दुईमा छठको सार्वजनिक विदा परेकाले सोमबार मात्रै मोहम्मद आफताव आलमलाई अदालतमा उपस्थित गराइने भएको छ ।
प्रहरीले जन्मकैदको सिफारिस सहितको प्रतिवेदन सरकारी वकिलको कार्यालय रौतहटमा बुझाएको छ । २७ चैत २०६४ का फरहदवामा बम बिस्फोट भएको र बम बिस्फोटमा आलम संलग्न देखिएकाले जन्मकैदको सिफारिस गरिएको छ ।
तर, अदालतले बन्द भएकाले सोमबार मात्रै आलमलाई बयानका लागि उपस्थित गराइने छ । १२ वर्ष अगाडि भएको नरसंहार अभियोगमा गत २६ असोजमा आलम पक्राउ परेका थिए ।
पक्रा परे पछि तीन पटक म्याद थप गरी आलमलाई हिरासतमा लिएर अनुसन्धान गरिएको थियो ।