खुम्बु भ्रमणमा गएका बेलायती पर्यटकको मृत्यु
खुम्बु क्षेत्रको भ्रमणमा गएका एक विदेशी पर्यटकको सुतैको ठाउँमा मृत्यु भएको छ।
खुम्बु पासाङल्हामु गाउँपालिका–४ लोबुचेमा बेलायती नागरिक केलीनु जोसेफको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ। मङ्गलबार बिहान होटलमा सुतिरहेकै अवस्थामा ५४ वर्षीय जोसेफको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी निरीक्षक उत्तम कार्कीले जानकारी दिए।
मृत्युको कारण भने खुल्न सकेको छैन।
मङ्गलबारै कानूनी प्रक्रिया पूरा गरी शवलाई हेलिकप्टर मार्फत काठमाडौँ पठाइएको प्रहरीले जनाएको छ।