भोटेकोशीबाट असोजभित्रै विद्युत् उत्पादन हुने
जुरे पहिरोबाट क्षति पुगेको भोटेकोशी जलविद्युत् आयोजनाको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ ।
४५ मेगावाटको यस आयोजनाको पुनर्निर्माणको जिम्मा चिनियाँ सिनो हाइड्रोले पाएको थियो ।
आयोजनाले अहिले करीब ८५ प्रतिशत काम सम्पन्न गरेको आयोजनाका महाप्रबन्धक विक्रमरत्न स्थापितले जानकारी दिए ।
जुरे पहिरोमा विद्युत् प्रसारण लाइनको केही टावर क्षतिग्रस्त भएपछि ६ महीना विद्युत् उत्पादन पूर्णरूपमा बन्द भएको थियो । आयोजनाले टावर मर्मत गरेपछि विद्युत् उत्पादन शुरु भए पनि २०७२ सालको भूकम्पमा आयोजनामा पुनः क्षति पुगेको थियो ।
भूकम्पमा क्षति भएको आयोजना पुनर्निर्माण शुरु हुँदै गर्दा भोटेकोशीको बाढीले आयोजनामा धैरै क्षति पुर्याएको थियो ।
असोजभित्र पुनर्निर्माण सकेर कात्तिक पहिलो सातादेखि विद्युत् उत्पादन शुरु गर्ने तयारी भइरहेको छ । शुरुमा पहिलो युनिट परीक्षण गर्ने र त्यसपछि अरु युनिट पनि चलाउने तयारी भइरहेको आयोजनाले जानकारी दिएको छ ।