दीपकराजले भने- 'छ माया छपक्कै' कम्युनिष्ट बिराेधी चलचित्र हाेइन
कलाकार, लेखक तथा निर्देशक दिपक राज गिरी अभिनित चलचित्र ‘छ माया छपक्कै’ देशभर प्रदर्शन भईरहेको छ ।
‘छ माया छपक्कै’ प्रदर्शनमा आएपछि केही दर्शकले दिएको प्रतिकृयालाई उदृत गर्दै गिरीले फेसबुकमा आज म लेख्दैछु... भनेर प्रतिकृया सहितको लामो स्टाटस लेखेका छन् ।
उनले स्टाटसमा चलचित्रलाई राजनीतिक चस्माले हेरेर ‘कम्युनिष्ट बिरोधी चलचित्र पो रहेछ’ जस्ता आरोप लगाउँदै फेसबुक वाल रंग्याएको भनेका छन् ।
उनले लेखेका छन् ‘यो सबै पढेर मलाइ के लाग्यो भने हाम्रो मस्तिष्क कतिसम्म राजनीतिक प्रदूषणले ग्रसित भैसकेछ हरेक कुरा राजनीतिक चश्मा ले मात्रै हेर्छौ हामी ...।’ आफु पनि कुनै पार्टी प्रति आस्था राख्ने तर आफ्नो कर्ममा प्रतिविम्बित हुन नदिने भन्दै चलचित्रको सन्देश स्पष्ट पारेका छन् ।
उनी लेख्छन् ‘चलचित्रको सन्देश पार्टीले जे निर्णय गरे पनि ‘हो मा हो नमिलाऔ’ गलत कुराको बिरोध गराैं ‘झोले’ नबनौं । जनताको पिडालाइ केन्द्रबिन्दु मा राखेर काम गरौ भन्ने नै हो यसलाई अन्यथा नबुझ्न आग्रह गर्दछु ।’