तस्वीरमा देखिएकाे राष्ट्रपति सीको सवारी र स्वागत
२३ वर्ष पछि चिनियाँ राष्ट्रपतिले नेपालको भ्रमण गरेका छन् । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग अनौपचारिक सम्वाद सकेर चिनियाँ राष्ट्रपति सी चिङफिङ शनिबार दिउँसाे ४ः४५ बजे काठमाडौं आइपुगेका हुन् ।
राष्ट्रपति विद्यादेवी भण्डारीको निमन्त्रणमा राष्ट्रपति सी दुई दिने राजकीय भ्रमणमा नेपाल आएका छन् ।
सीका लागि नेपालले भव्य स्वागतको प्रबन्ध गरेको छ । सिंगारिएको काठमाडौं शहरमा सार्वजनिक विदा दिइएको छ । सीको स्वागतका लागि सरकारले सरकारी कर्मचारी र सर्वसाधरणलाई सडक किनारमा बस्न अपिल समेत गरेको थियो ।
छिमेकी चीनका राष्ट्रपतिको भ्रमण नेपालीहरुले उत्सुकताका साथ हेरे । जो तस्वीरमा पनि प्रष्ट देख्न सकिन्छ ।