महरा पक्राउ, सिंहदरबार वृत्तमा राखियाे
सभामुख पदबाट राजीनामा दिएका कृष्णबहादुर महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
आइतबार काठमाडौं जिल्ला अदालतले दिएको पक्राउ पुर्जी सहित प्रहरी महराको सरकारी निवास पुगेको हाे । महरालाई पक्राउ गर्न बानेश्वर प्रहरी बृत्तका डीएसपी दुर्गाराज रेग्मीकाे टाेली बालुवाटार पुगेकाे थियाे ।
प्रहरी पक्राउमा परेका महरालाई सिंहदरबार प्रहरी वृत्तमा राखिएकाे छ । अरु हिरासत भन्दा सुविधा सम्पन्न भएकाले सिंहदरबार बृत्तमा राखिएकाे प्रहरीले जनाएकाे छ ।
संसद सचिवालयकै एक महिलाले महरालाई बलात्कार प्रयासको आरोप लगाएकी छन् । गत १२ असोजमा बलात्कारको प्रयास गरेको आरोप लगाउँदै ती महिलाले शुक्रबार बानेश्वर प्रहरी वृत्तमा जाहेरी दिएकी थिइन् ।
ती महिलाको जाहेरीको आधारमा प्रहरीलाई अदालतले पक्राउ गर्न आदेश दिएकाे हो । अदालतले पक्राउ गर्न आदेश दिए पछि महरालाई प्रहरीले नियन्त्रणमा लिएकाे हो ।
सभामुख पदबाट राजीनामा दिए पछि प्रहरीले ती महिलाको तीनकुनेस्थित कोठाबाट केही सामग्री बरामद गरी अनुसन्धान अगाडि बढाइसकेको छ ।
तीनकुनेस्थित कोठाबाट रक्सीको बोतल, फुटेको चस्मा लगायत सामग्री बरामद गरेको हो ।
महराले राजीनामा दिए पनि सरकारी निवास छोडेका थिएनन् । सुरक्षाकर्मी र एउटा गाडी फिर्ता गरेपनि डेरा नभेटेको भन्दै महरा सरकारी निवासमै रहेका महरालाई प्रहरीले अनुसन्धानका लागि हिरासतमा लिएको छ ।