'गुन्द्रुक साँधेको मासु' पकाउने तरिका
गुन्द्रुक साँधेको मासु
सामग्रीः कुखुराको मासु एक किलो
गुन्द्रुक (जेको भए पनि) – करीब १० ग्राम (मसिनोगरी पिसेको)
आधासरो पिसिएको सिलाम वा आलस
बेसार
नून
– मासुमा गुन्द्रुक, लगायत (नून बाँकी राखेर) सबै मरमसला मोल्ने र एकघण्टा राख्ने र मात्र नून हाल्ने । नून शुरूमै हाल्यो भने बेसार राम्रोसित लाग्दैन ।
– बाक्लो पिंध र राम्ररी छोपिने बिर्को भएको, सकभर फलामको वा किटको कराहीलाई चुल्होमा बसाउने । यो कराहीमा तेल हाल्नु पर्दैन । तर नतात्दै पकाउन तयार भएको मासु ओइरिने ।
– शुरूको दुई मिनेट आँच तीव्र बनाउने र त्यसपछि मधुरो आँचमा छोपेर पकाउने ।
– आवश्यकता अनुसार चलाउने र फेरि छोप्ने ।
– केही पछि मासु कराहीमा टाँसिन थाल्छ, थोरै पानी हालेर चलाउने, टाँसिएको भाग निकाल्ने ।
– एकछिन पाकेपछि केहीबेर छोपेरै राख्ने । यसो गर्नाले कराहीमा टाँसिएको मासु र मरमसला निकाल्न सजिलो हुन्छ ।
– तोरीको तेलको बास्ना मन पर्छ भने कराहीबाट निकाल्ने बेलामा अलिकति तोरीको तेल हाल्न सकिन्छ ।
– धनियाँ वा दुन्दुले सजाएर पस्किने ।
प्रस्तुतिः किरण शर्मा र केदार शर्मा