डेरा खोज्दै महरा, सुरक्षाकर्मी र गाडी फिर्ता
निवर्तमान सभामुख कृष्णबहादुर महराका सुरक्षकर्मी फिर्ता भएका छन् ।
सभामुखको रुपमा महरालाई उपलव्ध सेना, प्रहरी र उनले प्रयोग गर्दै आएको सवारीसाधन १६ असोजमा अपह्रान्ह फिर्ता भएको महराका प्रेस सल्लाहकार डिल्ली मल्लले बताएका छन् ।
संसद सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी महिला रोशनी शाहीलाई यौन दुव्र्यबहार गरेको आरोप लागेपछि महराले १४ असोजमा राजिनामा दिएका थिए ।
महराले सरकारी निवास छोड्न डेरा खोजी गरिरहेको पनि मल्लले बताएका छन् । मल्ले अगाडि भने, “उहाँ डेरा भेट्नासाथ सरकारी निवास छोडने तयारीमा हुनुहुन्छ ।”
सभामुखको बालुवाटारस्थित सरकारी निवासमा सभामुख महरा परिवारसाथ बस्दथे ।