पूर्व लडाकु बने ‘पहुँच’को विजेता
प्रहरी र नागरिकबीच सहकार्य गर्न जनचेतना जगाउने रियालिटी गेम सो ‘पहुँच सिजन–१’ मा पूर्व माओवादी लडाकु ज्ञानबहादुर लामा विजेता बनेका छन् ।
पहुँच सिजन–१ का विजेता लामाले रु.दुई लाख नगद पुरस्कार पनि पाएका छन् । त्यस्तै दोस्रो हुने बास्केटबल खेलाडी माया स्याङतेनले रु.५० हजार र तेस्रो हुने मोडल पर्विना दहितले रु.३० हजार नगद पुरस्कार पाएका छन् ।
प्रहरी र नागरिकको सहकार्यका विषयमा तयार गरिएको पहुँच सिजन–१ मा ८ जना प्रतिस्पर्धी रहेका थिए । उनीहरुले १३ भागको सिजन–१ मा यौन दुव्र्यवहार, हत्या, मानव वेचविखन लगायतका घटनामा प्रहरीले जस्तै प्रमाण जुटाउदै प्रारम्भीक अनुसन्धान गरेका थिए । उनीहरुलाई प्रहरी अधिकृतहरुले तालीम दिएका थिए ।
छिरिङ रितार शेर्पाले निर्देशन गरेको पहुँच युके एडको सहयोग तथा नेपाल प्रहरीसँगको सहकार्यमा सर्च फर कमन ग्राउन्डले निर्माण गरेको हो । “पहुँचले नागरिकमा प्रहरीप्रति समभाव सिर्जना गर्ने काम गरेको छ” सर्च फर कमन ग्राउन्डका कार्यक्रम निर्देशक युवाकरराज राजकर्णिकारले भने “यसले नेपाल प्रहरी एक्लैले मात्र काम गर्न सक्दैन । शान्ति सुरक्षा कायम गर्न नागरिकको सहयोग पनि अपरिहार्य छ भन्ने मूल सन्देश प्रवाह गर्दछ ।”
छिट्टै रियालिटी गेम शो पहुँच सिजन–२ सुरु गरिने जनाएको छ । त्यसका लागि समेत आवेदन आह्वान गरिएको छ ।