प्रवक्ता शर्माको प्रश्न– सभामुखले राजीनामा दिएकाे कि कार्यबाहक?
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सभामुखको राजीनामा अपूरो भएको बताएका छन् ।
पार्टी कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्दै प्रवक्ता शर्माले सभामुखको राजीनामा प्रष्ट नभएको बताए । शर्माले भने, “सभामुखले राजीनामा दिएको कि कार्यबाहक ?”
अनुसन्धान प्रक्रिया नटुंगिए सम्मका लागि राजीनामा भन्ने शब्दप्रति शर्माले आपत्ति जनाए । “अनुसन्धान प्रक्रिया एक वर्षसम्म टुंगिएन भने कार्यबाहकले नै चलाउने ?”, शर्माले प्रश्न गरे ।
एक महिला कर्मचारीले बलात्कार प्रयासको आरोप लगाएपछि कृष्णबहादुर महराले सभामुख पदबाट राजीनामा दिएका छन् ।