पोखरामा पर्वतीय चलचित्र महोत्सव शुरु
पोखरामा दोस्रो पोखरा अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (पिम्फ) आजदेखि शुरु भएको छ ।
सभागृहमा तीन दिनसम्म चल्ने महोत्सवको पर्यटनविद् झलक थापाले उदघाटन गरे ।
पोखरा फिल्म सोसाईटीको आयोजनामा भएको महोत्सवमा विभिन्न देशका ५० वटा चलचित्र प्रदर्शन हुँदैछन् ।
महोत्सवको शुरुवातमा काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म फेस्टिबल (किम्फ) मा ईसिमोड अवार्ड जित्न सफल वृत्तचित्र ‘अ सङ फर बारपाक’ प्रदर्शन गरिएको छ ।
पिम्फमा उक्त चलचित्र सहित किम्फमा प्रदर्शन गरिएका ५ वटा चलचित्र प्रदर्शन हुँदैछन् ।
हिमाली क्षेत्र आसपासका संस्कृति, जनजीवन, परम्परा, जैविक विविधता र पर्यावरणको सम्वद्र्धन र प्रवद्र्धनका विषयवस्तु समेटिएका चलचित्रलाई महोत्सवमा समावेश गरिएको सोसाइटीका सचिव विष्णु गौतमले बताए ।
पोखरा फिल्म सोसाइटीका अध्यक्ष घनश्याम लामिछानेका अनुसार पर्वतीय क्षेत्रको अधिकार सुनिश्चितता र पर्यटनको प्रवद्र्धनका लागि महोत्सव सहयोगी हुने बताए ।
प्रतियोगितात्मक विधा नभएकोले महोत्सवले सबै वर्गलाई आकर्षण गर्ने विश्वास लामिछानेको छ ।
युवराज श्रेष्ठ, पोखरा