फेसबुकद्वारा दशौं हजार एप निलम्बन
सामाजिक सञ्जाल फेसबुकले दशौं हजार एप निलम्बन गरिदिएको छ ।
सन् २०१८ मार्चको केम्ब्रिजको विश्लेषणात्मक तथ्यांकका कारण फेसबुकले अध्ययनका लागि ती एपलाई निलम्बन गरेको कम्पनीले शुक्रबार जनाएको छ ।
निलम्बनमा परेका एपमध्ये झण्डै चार सय ओटा निर्माता छन् । आफ्ना प्रयोगकर्तासँग सम्बन्धित विवरणहरू चोरी हुनेगरी भएको क्याम्ब्रिज काण्डपछि फेसबुकले एपहरू निलम्बन गरेको हो ।
फेसबुकले सबै एप भने जोखिमपूर्ण नभएको स्पष्ट पारेको छ । सन् २०१८ मा केम्ब्रिज एनालिटिका नामक कम्पनीले बिनाअनुमति धेरै फेसबुक प्रयोगकर्ताको विवरण चोरेको तथ्य बाहिरिएको थियो ।
फेसबुकले निलम्बनमा परेका एप तथा शंकास्पद निर्माताबारे भने जानकारी दिएको छैन ।
निलम्बनमा पर्दैमा एपले मानिसहरूलाई जोखिममा पारेको निष्कर्ष निकाल्न भने नमिल्ने फेसबुकद्वारा प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
फेसबुकबाट लिएको विवरण अरूलाई दिएको वा मानिसको परिचय खुल्नेगरी सार्वजनिक गरेको पाइएपछि केही एपलाई पूर्णरूपमा प्रतिबन्ध लगाइएको छ ।