पाकिस्तानमा डेङ्गीबाट १६ को मृत्यु, नौ हजार प्रभावित
पाकिस्तानमा डेङ्गीबाट यस वर्ष १६ जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक भएको छ ।
अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार डेङ्गीबाट देशभरि ९ हजार ६ सय ३४ जना प्रभावित भएको जनाइएको छ ।
रोग निगरानी विभागका प्रमुख राना साफ्डारले सिन्ध प्रान्तमा २१ सय ३२ जना, पञ्जाबमा २८ सय १६ र दक्षिण पश्चिमी बालुचिस्तानमा १७ सय ७२ जना डेङ्गीका बिरामी भएको जानकारी दिए।
त्यसैगरी उत्तरपश्चिमी खैबर पख्तुन्ख्वा प्रान्तमा १६ सय १२, केन्द्रीय राजधानी इस्लामावादमा एक हजार २१० जना र पाकिस्तान नियन्त्रित कश्मीर क्षेत्रमा ९२ जनालाई डेङ्गी लागेको उनले बताए।
अधिकारीहरूका अनुसार सिन्धमा मात्रै आठ जनाको डेङ्गीका कारण मृत्यु भएको छ भने इस्लामावाद र बालुचिस्तानमा तीन÷तीन जना र पञ्जाबमा दुई जनाको मृत्यु भएको छ ।
पाकिस्तानमा डेङ्गीको प्रकोप बढ्दै गएपछि लामखुट्टे मार्ने तथा नयाँ फैलिन नदिने उपायका लागि विभिन्न अभियानहरू चलाइएको छ ।