झापामा ५०० भन्दाबढी डेङ्गीका बिरामी
तीन महीनाअघि देखा परेको डेङ्गी रोग झापामा अझै नियन्त्रणमा आउन सकेको छैन ।
जिल्ला स्वास्थ्य कार्यालय झापासहित स्थानीय पालिकालेसमेत प्रभावकारी काम गर्न नसक्दा डेङ्गी नियन्त्रणमा आउन नसकेको हो ।
जिल्ला स्वास्थ्य कार्यालय झापाका अनुसार झापामा अहिले पनि ५०० भन्दाबढी डेङ्गी रोगी छन् । उनीहरुको झापाका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका सूचना अधिकारी कुलबहादुर पौडेलले जानकारी दिए ।
उनका अनुसार यस्तै अवस्था रहे झापामा पनि सङ्कट आउन सक्छ ।
डेङ्गी रोगी नियन्त्रणका लागि गत वर्षसम्मका कार्यक्रम सकिए पनि यस वर्ष कुनै कार्यक्रम नआएको पौडेलको भनाइ छ । स्थानीय तहले डेङ्गी रोगी नियन्त्रणका लागि चासो दिनुपर्ने भन्दै जिल्ला स्वास्थ्य कार्यालयसँग कुनै पनि नगरपालिका तथा गाउँपालिकाले सहयोग नमागेको पौडेलले बताए ।
गतवर्ष डेङ्गीकै कारण झापामा हालसम्म दुई जनाको मृत्यु भइसकेको छ ।
झापामा डेङ्गी रोगी पहिलोपटक मेचीनगरमा फेला परेको थियो । मेचीनगर, विर्तामोड, दमक, भद्रपुर लगायतका नगर डेङ्गी रोगी को जोखिममा रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।